काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य १२० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार १९५ रुपैयाँ पुगेको छ ।
यसअघि हिजो छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला ३ हजार ७५ रुपैयाँ कायम थियो ।
हिजोको तुलनामा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको महासङ्घले जनाएको छ ।
