आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ब्राजिलमा एकैदिनमा ४८ हजार संक्रमित


  • माउन्टेन खबर
  • शुक्रबार, असार १९, २०७७
  • 673
    SHARES

काठमाडौं । ब्राजिलमा कोरोनाभाइरसबाट एकैदिनमा ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ४८ हजार १०५ जना सक्रमित भएका हुन् ।

योसँगै ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या १४ लाख ९६ हजार ८५८ पुगेको अधिकारीहरुले जनाएका छन् ।स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले त्यसैगरी ब्राजिलमा एकैदिनमा कोरोनाका कारण एक हजार २५२ जनाको मृत्यु भएको छ । उनीहरुका अनुसार कुल मृतकको संख्या ब्राजिलमा ६१ हजार ८८४ पुगेको छ ।

ब्राजिलमा एक दिन अगाडी भने २४ घण्टामा ४६ हजार ७१२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । विश्वभरीको तथ्याङ्कअनुसार धेरै संक्रमित भएका देशहरुको सूचीमा ब्राजिल अहिले दोस्रो अग्रस्थानमा रहेको छ । पहिलो स्थानमा भने अमेरिका रहेको छ ।

कोरोनाबाट धेरै सङ्मितहरु रहेको देशहरुको सूचीमा रुस तेस्रो स्थानमा रहेको छ भने चौथोमा भारत, पाँचौमा स्पेन, छैठौँमा पेरु, सातौमा चिली, आठौमा बेलायत, नबौँमा इटली र दशौमा मेक्सीको रहेका छन् । विश्वभरी अहिलेसम्म २१५ देशका कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)