सोमवार, भदौ २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिशूली–३ जलविद्युत आयोजनाको उद्धारलाई प्राथमिकता दिएका छौँः नेपाली सेना


  • माउन्टेन खबर
  • सोमवार, भदौ २२, २०८३
  • 22
    SHARES

काठमाडौं  –  रसुवा बाढीको कारण क्षतिग्रस्त त्रिशूली–३ बी जलविद्युत आयोजनामा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ ।

 

 

 

चुनौतीका बाबजुदपनि उद्धार कार्यलाई प्राथमिकतामा राखेर काम अगाडी बढाईएको नेपाली सेनाले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले त्रिशूली ३ बी ९० जनाको उद्धार टोली परिचालन गरिएको जानकारी दिनुभयो । उहाँले बाढीले ल्याएको लेदोको दलदल र हिलोका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको बताउनु भयो । उहाँकाअनुसार आयोजनाको कार्यालय तथा आवास क्षेत्रमा मानिसहरू रहेको हुनसक्ने आशंकामा उद्धार टोलीले खोजीलाई तिब्रता दिएको छ । उहाँले बाढीले बनाएको दलदलका कारण आयोजनास्थलमा उद्धार उपकरण लैजानसमेत समस्या भएको बताउनु भयो । उद्धारका लागि सानो एक्स्काभेटर आयोजनास्थलमा पु¥याइएको छ भने केही स्थानमा उद्धारकर्मीले साबेलकै प्रयोग गरेर हिलो तथा माटो हटाइरहेका छन् । हाल त्रिशूली–३ ए को सुरुङबाट त्रिशूली–३ बी को सुरुङतर्फ जान सकिने कुरा पत्ता लगाएकोले त्यही मार्ग हुँदै एक्स्काभेटर लैजाने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । आयोजना नजिकै सुकुम्बासी बस्तीसमेत रहेकाले बाढीले जलविद्युत् आयोजनाको कार्यालय तथा आवास क्षेत्रसँगै उक्त बस्तीमा समेत ठूलो क्षति पु¥याएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो फोकस अहिले त्रिशुली ३ बी आयोजनामा रहेको छ, यसको हामीले रेकी भदौ १० गने नै गरेका थियौँ । तर त्यहाँको हिजोको दलदलले हामीलाई धेरै समस्या गरेको थियो । अहिले त्यहाँ हाम्रो ९० जनाको टोलीले काम गरिरहेको छ । यो रनिङ पोजेक्ट थिएन, तर अफिस र अकुमोटेशनमा मान्छे थिए भन्ने आएको छ । यसमा टनेलभित्र मान्छे छैनन्, यसका हामीले उद्धारको लागि निकै चुनौति व्यहोनुपरेको छ, यहाँ सानो स्काईभेटर झार्न हामी सक्षम भएका छौँ, यसमा चाहीँ मानिसले साबेलले नै हिजो पन्छाउने काम भईरहेको छ । अहिले हामी अफिलको खोजी गरिरहेका छौँ । त्रिशुली ३ ए को टनेलबाट बी को टनलेमा जना सकिने भएकोले हामीले टनेलमार्फट स्काईभेटर लाने प्रयास गरिरहेका छौँ । यस क्षेत्र नजिकै सुकुम्बासी बस्ती पनि भएकोले बाढीले हाईड्रोको अफिस र सुकम्बासी बस्तीमा बढी क्षति गरेको हाम्रो अनुमान छ ।’

उहाँकाअनुसार रसुवा बाढीले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा रहेका ११ वटा जलविद्युत आयोजनाका कार्यालय, आवास, सुरुङ, हेडवर्क, टेलवर्कलगायत संरचनामा क्षति गरेको छ । सबै आयोजनाभित्र फसेकाहरुको नेपाली सेनाको नेतृत्वमा उद्धार कार्य भईरहेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार रसुवागढी जलविद्युत आयोजनामा भदौ १० गतेदेखि नै खोज तथा उद्धार जारी छ । उद्धार टोली सुरुङभित्र करिव २७५ मिटर प्रवेश गरे पनि अहिलेसम्म केही फेला पार्न सकेको छैन । लाङटाङ जलविद्युत् आयोजनामा भदौ १३ गतेदेखि जारी उद्धारका क्रममा एउटा शव फेला परेको छ भने खोजी जारी छ । चिलिमे जलविद्युत आयोजनामा भारतीय विशेषज्ञ टोलीको समेत सहयोगमा भदौ १४ गतेदेखि उद्धार भइरहेको छ । उद्धार टोली सुरुङभित्र करिब ११० मिटर पुगेको छ । चिलिमेको सुरुङ उकालो भएकाले हिलो कम रहेको र अब उद्धारको गति बढ्ने अपेक्षा गरिएको थापाले बताउनु भयो । त्यस्तै, माथिल्लो त्रिशूली–१ मा कोरियाली विशेषज्ञसहितको टोलीले उद्धार कार्य गरिरहेको छ भने त्रिशूली–३ ए मा चिनियाँ टोलीसँगको सहकार्यमा खोज तथा उद्धार भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले चिनियाँ टोलीले माथिल्लो क्षेत्रमा भएका सूचनाहरु संप्रेशन गरिरहेको पनि जानकारी दिनुभयो । लाङटाङ क्षेत्रमा पहिरोले बनेका बाँध तथा हिमतालहरू हाल सामान्य अवस्थामा रहेको चिनियाँ टोलिले सूचना पठाएको छ । यद्यपि हिमपहिरोले नयाँ बाँध वा ताल बन्ने जोखिम भने कायमै रहेको सूचना पाएको सहायक रथी थापाले बताउनु भयो । चिनियाँ पक्षबाट प्राप्त रिपोर्ट तथा फुटेजमा विभिन्न स्थानमा चिरा देखिएकाले जोखिमलाई ध्यानमा राख्दै बाढी प्रभावित क्षेत्रमा उद्धारको लागी संयुक्त सुरक्षा टोली परिचालन गरिएको उहाँको भनाइ छ ।

बाढीेपछि नेपाली सेनाले त्रिशूलीमा उपरथीको कमाण्डमा प्राक्टिकल हेडक्वार्टर स्थापना गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीआईजीसमेत फिल्डमा परिचालन भएका छन् । धुन्चेमा सहायक रथीको नेतृत्वमा फर्वार्ड हेडक्वार्टर स्थापना गरिएको छ । सुरक्षा निकायले जलविद्युत् आयोजनाका अतिरिक्त नदी किनारका बस्तीमा समेत खोज तथा उद्धारलाई प्राथमिकता दिएको छ । सेनाका इन्जिनियरिङ टोलीले पुल निर्माण, सडक खोल्ने, हवाई तथा ड्रोन रेकी र सडक विभागलाई सहजीकरण गर्ने काम गरिरहेको सहायक रथी थापाले जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)