आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेपाललाई दिए धन्यवाद।


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २०, २०७६
  • 590
    SHARES

नेपालबाट अमेरिकी नागरिकको उद्धार गरी स्वदेश फर्काउन राम्रो पहल गरेको भन्दै नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेपाललाई धन्यवाद दिएका छ न्।

नेपालमा रहेका ३०२ अमेरिकी नागरिकलाई मङ्गलबार अमेरिका पठाएलगत्तै उनले नेपाल सरकार लगायत विभिन्न निकायलाई धन्यवाद दिएका हुन् ।

“अमेरिकी नागरिकलाई फर्कने काममा सहयोग सद्भाव राख्नुहुने तपाईंहरू सबैलाई हाम्रो धेरै धेरै धन्यवाद,” उनले ट्विटर र भिडियो सन्देश मार्फत भनेका छन्।

आतिथ्य सत्कारको महत्वपूर्ण उदाहरण नेपालले प्रस्तुत गरेको भन्दै उनले परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन वोर्डको कामको सराहना गरेका छन् ।

अलपत्र परेका पर्यटकलाई खाना खुवाउने व्यवसायी, सहयोग गर्ने गाइड समेतको उनले प्रशंसा गरे । नेपाल र अमेरिकाको ७० वर्षे सम्बन्धको यात्रामा यसपटकको सहयोगले सहकार्यको जग झन् बलियो बनाएको अभिव्यक्ति राजदूत बेरीले भिडियो सन्देशमा दिएका छन् । अहिले घर फर्केर गए पनि पर्यटकका रूपमा उनीहरु पुनः नेपाल आउने विश्वास राजदूत बेरीले व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)