शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सनराइजर्स हैदरावाद ७ विकेटले पराजित


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १८, २०८०
  • 45
    SHARES

 

काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ मा गुजरात टाइटन्स (जीटी)ले दोस्रो जित हात पारेको छ । टोलीले चालू सिजनको १२ औं खेलमा सनराइजर्स हैदरावाद (एसआचएच)लाई ७ विकेटले पराजित गरेको हो ।

यो जितसँगै गुजरातको टोली अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने हैदराबाद पाँचौं स्थानमा छ ।

अहमदाबादमा आइतबार भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले टस जितेर ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङ थालेको टोलीले २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो ।

गुजरातका ब्याट्सम्यानले १९.१ ओभरमा ३ विकेट गुमाएर १६३ रनको लक्ष्य पुरा गरे ।

साई सुदर्शनले ३६ बलमा ४५ रनको इनिङ खेले भने डेभिड मिलरले २७ बलमा अविजित ४४ रन बनाए । कप्तान शुभमन गिलले ३६ र ऋद्धिमान साहाले २५ रनको योगदान दिए ।

एसआरएचका लागि अभिषेक शर्मा र अब्दुल समदले २९–२९ रन बनाए । हेनरिक क्लासेनले २४ रनको योगदान दिए । गुजरातका मोहित शर्माले तीन विकेट लिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }