शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

महासंघ अध्यक्ष ढकालद्वारा धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रर्वद्धनमा जुट्न आग्रह


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ४, २०८१
  • 43
    SHARES

 

बाग्लुङ  । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रर्वद्धनामा जुट्न आग्रह गर्नुभएको छ ।

मंगलबार बाग्लुङ जिल्लाको कालिका मन्दिरमा आयोजित चैत्राष्टमि मेलामा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै महासंघ अध्यक्ष ढकालले गण्डक क्षेत्रमा रहेका धार्मिक क्षेत्रमा पर्यटकको आकर्षण रहेकाले पर्याप्त पूर्वाधार विकासमा जुट्नुपर्ने बताउनुभएको हो ।

हिन्दु धर्मावलम्बीका लागि वाग्लुङ कालिका पुग्नुपर्ने गन्तव्य बनेको र पन्चकोट लगायत थप गन्तव्यहरु लोकप्रिय भइरहेकाले पनि होटल तथा यातायातका आधुनिक पूर्वाधारमा लगानी बढाउनुपर्ने अध्यक्ष ढकालको भनाइ थियो ।

पोखरा आउने पर्यटकका लागि पर्वतमा बन्जी तथा अन्य साहसिक स्थलहरूको विकास भएकाले गण्डक क्षेत्रमा साहसिक र धार्मिक पर्यटनलाई एकीकृतरुपमा प्रर्वद्धन गर्न सकिने पनि अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।

कालिगण्डकी कोरिडोरको निर्माणले यो क्षेत्रका धार्मिक गन्तव्यको यात्रा सहज भएकाले बाह्रै महिना कोरला नाका खोल्ने र चिनियाँ पर्यटक भित्र्याउन थप पहल गर्नुपर्ने अवस्था आएको पनि अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।

काठमाण्डौंमा चन्द्रागिरिको भालेश्वर मन्दिर, नवलपरासीको मौलाकालिका, बुटवलको कामाख्या देवीको मन्दिर, सुदूरपश्चिम कर्णाली चिसापानीमा जालपादेवी मन्दिरदेखि पूर्वको पाथिभरा देवीको दर्शन सहज बनाउन केबलकार निर्माण गरिरहेको प्रसङ्ग जोड्दै अध्यक्ष ढकालले धार्मिक पर्यटन प्रर्वद्धनमा सबै क्षेत्रको सहयोग भए पर्यटन मार्फत समृद्धि र रोजगारी सृजनामा ठुलो काम गर्न सकिने विश्वास पनि अध्यक्ष ढकालले व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }