शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मोडल कृतिको “हजारको नोट” सार्वजनिक(भिडियो सहित) 


  • माउन्टेन खबर
  • आइतवार, अशोज १३, २०८१
  • 249
    SHARES
चितवन –  मोडल कृति भट्टराईको “हजारको नोट” सार्वजनिक भएको छ। शुक्रबार गायक कस्तुप पन्तको आफ्नै युट्युव च्यानल मार्फत सो गितको भिडियो सार्वजनिक भएको हो। 
 
गायक कस्तुप पन्तको शब्द तथा संगित रहेको सो गितमा लोकप्रीय गायक हिमाल सागर र अनु चौधरीको स्वर रहेको छ। 
 
सुमन राना र खुमन राना रेकर्डिस्ट रहेका सो गितलाई विशाल निरौलाले एरेन्ज गरेका हुन। सार्वजनिक सो भिडियोमा हिमाल सागर र मोडल कृति भट्टराईको अभिनय रहेको छ। झापा,विर्तामोड-८ स्थित देउनिया निवासी कृतिको यो डेव्यु गित हो। 
 
मिस प्रदेश नं १ कि विजेता समेत रहेकी कृति पछिल्लो समय अभिनय र मोडलिङ्गमा व्यस्त रहेकी छन। मोडलिङ्गमा नै आफ्नो भविष्य तय गरिरहेकी कृतिले यस गित सङ्गै आफुलाई अनुकुल भए अनुसार अवसर आए म्युजिक भिडियो र चलचित्रमा समेत काम गर्ने बताएकी छन।
 
बान्दे प्रसादको सम्पादन रहेको सो भिडियोको छायांकन राम शरण उप्रेतीले गरेका हुन। रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको सो भिडियो सारथि म्युजिकले बजारमा ल्याएको हो।
 
 (भिडियो)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)