शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गायक सञ्जय चौधरीको “माया” सार्वजनिक


  • माउन्टेन खबर
  • आइतवार, अशोज २०, २०८१
  • 259
    SHARES

काठमाडौँ –   गायक सञ्जय चौधरीले आफ्नो शब्द, सङ्गीत, स्वर रहेको नयाँ गीत ल्याएका छन् ।

“माया”बोलको गीत शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोलाई सञ्जय चौधरीको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ ।

किशोर चौधरीको निर्देशन रहेको उक्त गीतमा भूमिका थारु, निरज बाबु र दीपक पछलडङ्ग्याको अभिनय रहेको छ । अभिनय गर्ने तिनै कलाकारहरू रङ्गमञ्च क्षेत्रका हुन् ।

रबी कोइरालाले भिडियोलाई क्यामरामा कैद गरेका छन् भने ड्रोन सट मेघनाथ चौधरीको रहेको छ । सङ्गीत संयोजन कृष्णले लिम्बुले गरेका हुन् । राम शरण चौधरीद्वारा निर्माण गरिएको यो गीत चितवनमा छायाङ्कन भएको हो ।

भिडियोमा वियोगान्त प्रेम कथा देखाइएको छ जसमा तारु परिवेश पनि झल्किन्छ ।

हाल अमेरिकामा बस्दै आएका गायक चौधरी भन्छन्, ‘अचेल नयाँपुस्ताहरुले प्लायट्फर्मको लागि भौतारि रहेको बेला मैले नयाँ अनुहारलाई नै मेरो गीत “माया” मा लन्च गरेको छु । उनीहरूको प्रतिभाले स्पेस पाउनु पर्छ जस्तो लाग्छ ।’ गीतको शब्द मनछुने भएकाले सबै श्रोता, दर्शकले यो गीतलाई रुचाउने उनले बताए । यो गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । उनको पुरुवे पछिये, बठिनिया, गदला पानी, तुइ तनाउ भेले फेनि, मोदहरिया हैने मुइ, उकाली चढ्ने लौरो, एकोहोरो माया, डुबाइ डुबाइ, म एउटा यात्री लगायत दर्जनौँ गीत आइसकेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)