शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आगामी शुक्रवारबाट ‘मध्यपुर महोत्सव’


  • माउन्टेन खबर
  • बुधबार, पुस १०, २०८१
  • 219
    SHARES

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले शुक्रबारबाट ‘मध्यपुर महोत्सव’ गर्दैछ । मध्यपुर नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरलाई पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउने उद्देश्यले ‘मध्यपुर महोत्सव’ गर्न लागिएको बताएका छन् ।

‘मध्यपुरलाई पर्यटकीय गन्तव्यका रुपमा परिचित गराउनका लागि महोत्सव गर्न लागिएको हो । २६ वर्षपछि आयोजना गर्न लागिएको महोत्सवमा नगरका स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवर्द्धन गर्छौं,’ उनले भने, ‘१०५ ठाउँमा घरेलु उत्पादनका सामानहरु राख्ने छौं । महोत्सवमा यहाँ विभिन्न २५ प्रकारका नाचहरु महोत्सवमा देखाइने छ भने माटाका भाँडा बनाउने कला प्रदर्शनी पनि हुनेछ ।’

मेयर श्रेष्ठका अनुसार महोत्सवको अनुमानित लागत दुई करोड तीन लाख रुपैयाँ रहेको छ । उनले भने,‘महोत्सवको अनुमानित लागत दुई करोड तीन लाख रुपैयाँ हो । त्यसमा पालिकाले ६० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रचारप्रसारका लागि नेपाल पर्यटन बार्डले सात लाख रुपैयाँ दिएको छ । भने, अरु सबै रका स्थानीय विद्यालय, सहकारी लगायतको प्रायोजन हो ।’

महोत्सवमा विभिन्न २६ प्रकारका प्रदर्शनी गर्ने तयारी गरेको महोत्सवमा नगरका विभिन्न स्थानमा करिब चारसय स्टल रहने छन् । मेयर श्रेष्ठका अनुसार महोत्सवमा प्रति स्टलको टिकट मूल्य १ हजार रुपैयाँ तोेकिएको छ भने प्रवेश शुल्क निशुल्क छ । यही पुस १२ देखि हुने ’मध्यपुर महोत्सव’ १४ पुषसम्म संचालन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)