चितव –पर्यटकीय नगरी सौराहामा बिहीबारदेखि १८औं हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ ।
क्षेत्रीय होटल सङ्घ, चितवन सौराहाको आयोजनामा भएको महोत्सवको उद्घाटन कार्यक्रममा ड्याम्प साइडदेखि गैँडा चोक, हात्ती चोक हुँदै सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।
झाँकीसहितको र्याली नगर परिक्रमा गर्दै कार्यक्रमस्थल बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुगेको थियो । चितवनको पर्यटन विकासका लागि सौराहामा हरेक वर्ष हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको छ । महोत्सव पुस १५ गतेसम्म चल्नेछ ।
