नुवाकोट –माछापुच्छ्रे क्यापिटल लिमिटेड, लायन्स क्लब्स अफ काठमाडौं नमस्ते तथा राष्ट्रिय बीमा संस्थान को संयुक्त आयोजनामा नुवाकोट जिल्ला, तादी गा.पा. वडा नं. ६ चामोट स्थित श्री सीता धर्म आधारभुत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री, स्कुल व्याग, ट्राक सुट तथा खेलकुद सामाग्रीहरु आदी वित्तरण कार्यक्रम मिति २०८१ माघ २५ गते सम्पन्न गरेको छ । विद्यालयमा वाल विकाश कक्षा देखि कक्षा ८ सम्म अध्ययनरत १०४ जना बालबालिकाहरुलाइ उक्त सामागी्रहरु वित्तरण गरिएको छ । कार्यक्रममा माछापुच्छ्रे क्यापिटलका तर्फबाट अध्यक्ष विश्वम्भर न्यौपाने तथा प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार उपस्थित हुनुभएको थियो ।
आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले माघ महिनाभरी रक्तदान लगायत, वित्तीय साक्षरता तथा घरदैलो कार्यक्रम, वृद्धाश्रम तथा अन्य संस्थाहरुलाई विभिन्न सहयोग, आफ्ना विभिन्न सेवाहरुमा छुट लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।
