मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सौराहामा आजदेखि खाना महोत्सव


  • माउन्टेन खबर
  • मङ्लबार, माघ २९, २०८१
  • 217
    SHARES

चितवन-  प्रणय दिवसको अवसरमा सौराहामा आजदेखि खाना उत्सव (फुड फेस्टिभल) सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एसाेसिएसन नेपाल सौराहा चितवन (रेवान)को आयोजनामा हरेक वर्ष गरिँदै आएको खाना उत्सवको यो १९औँ सस्करण हो ।

चितवनको पर्यटन विकासका लागि उत्सव आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । उक्त उत्सवमा प्रवेश टिकटबाट प्राप्त आम्दानीले यस वर्ष पनि सौराहाको पर्यटन मार्ग सौन्दर्यीकरण गरिने आयोजकले जनाएको छ ।

उत्सवका कारण सौराहामा पर्यटक आगमनमा ४० प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । आयोजक समितिका संयोजक शम्भुप्रसाद मालीले फागुन ३ गतेसम्म चल्ने खाना उत्सवमा बहुल जातजातिहरुको झाँकीका साथै सिन्धुलीको कर्ने मगर बाजाको प्रस्तुति रहने बताउनुभयो ।

कलाकारको साङ्गीतिक प्रस्तुति, खाना प्रदर्शनी तथा प्रतियोगिता, ‘वेटर’र‘वेटरेस’बीच प्रतियोगिता, डोरी तान प्रतियोगिता, प्रथम रेवान कप महिला फुटबल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगिता हुने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)