मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सौराहा फुड फेस्टिभलमा पर्यटकको आकर्षण बढ्दो – फोटो फिचर


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १, २०८१
  • 306
    SHARES

रत्न नगर –  सौराहामा  फुड फेस्टिभल (खाना महोत्सव) मा पर्यटकहरूको आकर्षण बड्दो छ ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन(रेवान) सौराहाले आयोजना गरेको फेस्टिभलमा खानाका स्टलहरूमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढ्दो छ।

रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले सौराहाको पर्यटन विकासका लागि सरकारी स्तरबाट गुरुयोजना निर्माण गर्नुपर्ने बताए । सौराहाको पर्यटन खुम्चिएको छ उनले भने यसको दायरा बढाउने गरी गुरुयोजना निर्माण गरेर काम गर्नु पर्छ ।

फेस्टिभलका संयोजक शम्भुप्रसाद मालीले सौराहामा पर्यटक भित्र्याउन फुड फेस्टिभल आयोजना गरिएको भन्दै फेस्टिभलले सौराहा ४० प्रतिशत पर्यटक वृद्धि हुने बताए ।

“प्राकृतिक सौन्दर्ययता, चितवन सौराहाको विशेषता” लाई आत्मसाथ गर्दै सौराहा स्थित पर्यटक बस पार्क जाने बाटोको उत्तर तर्फको खाली जग्गामा फेस्टिभल सुरु भएको हो । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति÷भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रूपमा सौराहालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने, प्रवेश टिकटबाट भएको आम्दानीले यस वर्ष पनि सौराहाको पर्यटन मार्ग सौन्दर्यीकरण गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको सहसंयोजक भट्टले बताए ।

फागुन ३ गते सम्म चल्ने फेस्टिभलमा बहुल जातजातिहरूको झाँकीका साथै सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साँस्कृतिक प्रस्तुति, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर÷वेटरेस बिच प्रतियोगिता, तान डोरी प्रतियोगिता, प्रथम रेवान कप महिला फुटबल प्रतियोगिता, रक्तदान कार्यक्रम, ब्याडमिन्टन प्रतियोगिता हुने छ ।

९० लाख खर्च हुने अनुमान गरिएको फेस्टिभल अवधिभर सौराहा क्षेत्र भित्र कार्यक्रम अवधिभर अनुमानित ३ करोड सम्म कारोबार हुने अपेक्षा गरिएको छ ।

फेस्टिभल अवलोकनका लागि सौराहामा दैनिक ५ हजार स्वदेशी तथा विदेशी पर्यटक भित्रिने रेवान सौराहाका महासचिव नवीन नेपालले जानकारी दिए । रत्न नगर नगरपालिका संरक्षक रहेको सो फेस्टिभलको सह आयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटेल सङ्घ सौराहा र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् ।

फेस्टिभल अवधिभर सौराहाका व्यसायीहरुले आवास र खानामा १० प्रतिशत छुट सुविधा समेत सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)