मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वर्तमान सरकारको प्राथमिकता स्थायित्व र आर्थिक विकासः परराष्ट्रमन्त्री


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २२, २०८२
  • 170
    SHARES

धनगढी –  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थायित्व प्रदान गरी यसैका माध्यमबाट आर्थिक विकास गर्नु हो भन्नुभएको छ ।

सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनलाई आज धनगढीमा सम्बोधन गर्दै मन्त्री डा राणाले भन्नुभयो “मुलुक राजनीति अस्थिरताको बन्दी बनेपछि स्थायित्व प्रदान गर्न दुई प्रमुख दल कांग्रेस र एमालेको सरकार बनेको हो । त्यसैले यो सरकारको प्राथमिकता स्थायित्व, आर्थिक विकास र शान्ति हो ।”

मन्त्री डा राणाले कुनै पनि देशमा स्वदेशी तथा वैदेशिक लगानीका लागि सबैभन्दा पहिला राजनीतिक स्थायित्व र शान्तिको वातावरण आवश्यक पर्ने भएकाले यसैका लागि वर्तमान सरकार कार्यरत रहेको धराणा पनि राख्नुभयो ।

कानुनमा सुधार गरेर हुन्छ या नयाँ नीति नियमहरु निर्माण गरेर लगानीमैत्री वातावरण निर्माण गरी स्वदेशी तथा विदेशी लगानी प्रवर्धनमा वर्तमान सरकार लागेको पनि उहाँले बताउनुभयो ।

मन्त्री डा राणाले सरकारको आर्थिक विकासको एजेण्डालाई थप प्रवर्धन गर्न आफूले परराष्ट्र मन्त्रालयमा अलग्गै आर्थिक कूटनीति महाशाखाको स्थापना गरेर कूटनीतिका माध्यमबाट विदेशी लगानी भित्र्याउने कामका लागि सहजीकरण गरिरहेको जानकारी पनि दिनुभयो ।

मन्त्री डा राणाले कुनै पनि देशको आर्थिक विकासको इञ्जिन भनेको निजी क्षेत्र हो भन्ने मान्यतामा वर्तमान सरकार र आफ्नो पार्टी नेपाली कांग्रेस रहेको स्पष्ट गर्दै लगानीमैत्री नीति तथा कानुनहरु निर्माण गरेर बढीभन्दा बढी लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति सरकारले लिएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो “जुनसुकै लगानीका लागि पनि राजनीतिक स्थायित्व र शान्तिको वातावरण आवश्यक पर्दछ, यो स्वाभाविक हो । त्यस्तै कुनै पनि देशमा विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्न स्वदेशी लगानीकर्ताहरुलाई पनि उचित वातावरण आवश्यक पर्दछ । यो वास्तविकता बुझेर वर्तमान सरकारले काम गरिरहेको छ ।”

मन्त्री डा राणाले सुदूरपश्चिम पर्यटन, संस्कृति, कृषि उपजलगायतका धेरै क्षेत्रमा धेरै सम्भावना बोकेको प्रदेश हो भन्दै सो क्षेत्रमा बढी भन्दा बढी लगानी गरेर मुनाफा लिन निजी क्षेत्रलाई आह्वान पनि गर्नुभयो ।

साथै मन्त्री डा राणाले आफ्ना क्षेत्रमा ठूलो लगानी भित्र्याउनका लागि प्रदेश सरकार तथा स्थानीय नागरिकहरु पनि आफ्ना ठाउँबाट सशक्त रुपमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो “यस क्षेत्रको विकासका लागि सबै एकजुट भएर लागौँ । विकासमा राजनीति शोभनीय हुँदैन । राजनीतिलाई आफ्ना ठाउँमा राखौँ र आफ्ना क्षेत्रको विकासका लागि एकमत बनाएर लागौँ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)