बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाबाट नेपालमा धेरै लगानी भित्र्याउँः डा खतिवडा


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ३०, २०८२
  • 293
    SHARES

काठमाडौँ –  प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर युवराज खतिवडाले अमेरिकासँगको वैदेशिक व्यापार बढाउन अमेरिकाको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नेपालमा थप आकर्षण गर्न जरुरी रहेको बताउनुभएको छ ।

नेपाल गार्मेन्ट एसोसिएसन, नेपाल–यू एस ए चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र नेपाल कार्पेट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसनद्वारा बुधवार काठमाडौँमा संयुक्त रूपमा आयोजित ‘नेपाल–अमेरिका व्यापार: अवसर र चुनौतीहरू’ विषयक अन्तरक्रियामा पूर्व अर्थमन्त्री समेत रहनुभएका डा. खतिवडाले अमेरिकासँगको व्यापार बढाउन त्यहाँबाट नेपालमा हुनसक्ने लगानी धेरैभन्दा धेरै भित्र्याउनुपर्ने बताउनुभएको हो ।

उहाँकाअनुसार अमेरिकी प्रत्यक्ष वैदेशिक लगानीलाई जोड दिँदा यो लगानीले हाम्रा उत्पादनहरूको मूल्य शृङ्खलालाई बलियो बनाउँछ । जसले निर्यातमा नयाँ उचाइ दिन्छ । साथै लगानीसँगै आधुनिक प्रविधि पनि आउँछ, जसले हाम्रा उत्पादनहरूलाई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन सघाउ पुग्छ ।

खतिवडाले नेपालले अमेरिकासँग द्विपक्षीय लगानी सम्झौता गरेर व्यापार सम्बन्ध अघि बढाउन सके त्यसबाट नेपालले धेरै लाभ लिन सक्ने बताउनु भयो । भविष्यमा लगानी बढ्दै जाँदा कर सम्झौता (डिटिए) को आवश्यकता पर्दा पनि नेपालले त्यसलाई समेत अघि बढाउन सक्नुपर्ने उहाँको भनाई छ ।

खतिवडाले भन्नुभयो–‘यु एससँगको ट्रेड प्रोमोशन गर्ने र ट्रेड मार्केट खोज्ने हो भने यु एसको एफडिआइ प्रोमोट गर्नैपर्छ । एफडिआइ प्रोमोट गर्दा भ्यालु चेन्जको इफेक्टबाट निर्यात बढ्ने भो । एफडिआइसँगै टेक्नोलोजी समेत आउने भो । ट्रेड कम्पिटिनेश पनि हाम्रो बढ्ने भो । युएससँग बाइल्याक्टल इन्भेस्टमेन्ट (बिआइटि) मा हामी गयौं भने त्यो ट्रेड रिलेसनबाट पाउने एडभान्टेज हामी लिनसक्छौं । त्यो भोली लगानी बढाउँदै जाँदा डिटिए गर्नुपर्छ भने पनि त्यो पनि हामी अघि बढाउन सक्नुपर्छ ।’

नेपालले आफ्नो द्विपक्षीय व्यापार सम्बन्ध गैर–पारस्परिक हुनुपर्ने तर्क गर्दै उहाँले नेपालले अल्पविकसित देशबाट विकासशील देशमा उन्नति गर्न लागेकाले अमेरिका र अन्य ठुला व्यापारिक साझेदारहरूलाई नेपालको अवस्था र नेपालबाट निर्यात हुने वस्तुहरूको लागि अनुकूल व्यवहारको आवश्यकताबारे विश्वस्त पार्नुपर्ने खतिवडाले बताउनु भयो । खतिवडाकारअनुसार अमेरिकासहित विश्वका विभिन्न मुलुकमा व्यापार गर्न मुलुकलाई एफएटिएफले कालोसूचीमा राखेकाले चुनौती थपेको छ । एफएटीएफले दिएका सुझावहरूलाई प्रभावकारी रूपमा लागू गरेर मुलुकलाई छिटो भन्दा छिटो ग्रे लिस्टबाट बाहिर निकाल्नुपर्ने खतिवडाको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)