बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विश्व बैंक समूहकाे ‘कन्ट्री पार्टनरशिप फ्रेमवर्क फर नेपाल’ सार्वजनिक


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ ३२, २०८२
  • 198
    SHARES

काठमाडौं –  विश्व बैंक समूहले ‘कन्ट्री पार्टनरशिप फ्रेमवर्क फर नेपाल’ २०२५–२०३१) सार्वजनिक गरेको छ । आउँदो ६ वर्षका लागि नेपालमा विश्व बैंक समूहको प्रस्तावित रणनीतिक साझेदारी तथा सहकार्यको योजनासहित फ्रेमवर्क ल्याइएको हो ।

शुक्रबार काठमाडाैंमा औपचारिक कार्यक्रमकाबीच फ्रेमवर्क सार्वजनिक भएको हो । कार्यक्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले नेपालको संरचनात्मक आर्थिक रूपान्तरणमार्फत विकास, सुशासन, सामाजिक न्याय तथा समृद्धिका लागि आवश्यक मार्गचित्र प्रस्तुत गर्ने गरी फ्रेमवर्क तयार पारिएको बताए ।

यसले नेपालको १६औं योजनासँग मेल खाने तथा समावेशी आर्थिक वृद्धि, उत्पादनशील रोजगारी, प्रतिस्पर्धात्मकता अभिवृद्धि, दिगो सामाजिक सुरक्षा र जलवायु उत्थानशीलताजस्ता नेपालका प्रमुख प्राथमिकतालाई समर्थन गर्ने अर्थमन्त्री पौडेलको भनाइ छ ।

फ्रेमवर्क कार्यान्वयनले नेपालको व्यावसायिक वातावरण सुधार, पूर्वाधारको विकास र पर्यटन प्रवर्द्धन तथा शिक्षा र सीप अभिवृद्धिमा प्रत्यक्ष योगदान पुर्‍याउने उनको विश्वास छ ।

अर्थमन्त्री पौडेलले सार्वजनिक वित्त व्यवस्थापन, खरिद प्रणाली र वातावरणीय तथा सामाजिक सुरक्षामा सुधार गर्न विश्व बैंक समूहसँग सहकार्य गर्न नेपाल प्रतिबद्ध रहेको बताए ।

फ्रेमवर्क सार्वजनिक कार्यक्रममा विश्व बैंक समूहका प्रबन्ध निर्देशक वेनचाई झाङले आन्तरिक रोजगारी सिर्जना गरी आर्थिक वृद्धि हासिल गर्ने र प्राकृतिक प्रकोपप्रति सहनशीलता, जलवायु परिवर्तनद्वारा सिर्जित जोखिम न्यूनीकरणजस्ता विषयलाई प्राथमिकतामा राखेर यो फ्रेमवर्क ल्याइएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)