बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एचआर मिट २०२५ सम्पन्न


  • माउन्टेन खबर
  • मङ्लबार, असार ३१, २०८२
  • 399
    SHARES

काठमाडौँ  – होटल संघ नेपालले मानव संशाधन भेला (एचआर मिट) सम्पन्न गरेको छ। नेपाल सरकार र इन्स्योर परियोजनाको आयोजनामा मानव संशाधन सम्मेलन २०२५ को आयोजना सम्पन्न गरेको हो।

मुलुकमा बढ्दै गएको तारे होटलहरुको संख्या, भारतीय र चिनियाँलगायत बढ्दो पर्यटक आगमनलाई स्तरीय सेवा प्रदान गर्ने परिप्रेक्ष्यमा विद्यमान नियम कानुन, अवस्था र वैदेशिक रोजगारीमा श्रम बजारमा बढ्दो आकर्षणले सिर्जना गरेको परिस्थितिबाट दक्ष जनशक्ति र उत्पादकत्व बढाउन राज्य र निजी क्षेत्रले गर्नुपर्ने सहकार्यबारे विस्तृत छलफल भएको थियो।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहले मुलुकले भोगिरहेको दक्षजनशक्ति अभावबारे चर्चा गर्दै होटलहरु एक तिहाइ मात्र संचालनमा रहँदा पनि जनशक्ति अभाव हुनु विडम्बना रहेको बताए। यही विषयवस्तुलाई उजार गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको उनले बताए।

दक्ष जनशक्ति उत्पादनका लागि सीटीईभीटीका सदस्य सचिव महेश भट्टराईले समय सापेक्ष पाठ्क्रमका साथै आवश्यकताअनुसारका पाठ्क्रमहरु निर्माणमा निजी क्षेत्रको सहयागको अपेक्षा गरे।

आतिथ्यता क्षेत्रमा भए गरेका नीति नियम, कानुन, प्रक्रिया र औद्योगिक सम्बन्धबारे होटल संघ नेपालका कानुनी सल्लाहकार गान्धी पण्डितले प्रस्तुतिकरण गरेका थिए। सोही कार्यक्रममा औद्योगिक प्रशिक्षार्थीबारे इन्स्योर परियोजनाका टिम लिडर रविन्द्र बहादुर सिंहले प्रस्तुतिकरण गरेका थिए।

प्यानल सेसन मध्यस्थकर्ता संघका कोषाध्यक्ष युवराज श्रेष्ठले प्यानल छलफलमा उपस्थित नाथमका कार्यकारी निर्देशक संगिता ओझा, शिक्षा मन्त्रालयका उपसचिव सुरेशकुमार जोशी, श्रम मन्त्रालयका उपसचिव डम्बर सुनुवार, सीटीईभीटीका निर्देशक विनोद बडाल र निजी क्षेत्रको तर्फबाट मानव संशाधन निर्देशक खेम पौडेललाई मुलुकमा दक्ष जनशक्ति अभाव, वैदेशिक रोजगारी, वैदेशिक इन्टर्नसिप, समय सापेक्ष पाठ्यक्रमको अभावका बारेमा छुट्टा छुट्टै चर्चा गरी गहन छलफल गरेका थिए।

आतिथ्य उद्योगको मानव संशाधन क्षेत्रमा कार्यरत व्यवस्थापकहरुको ह्यान एचआर क्लब स्थापना गरी यस क्षेत्रको विकास र विस्तारमा एकीकृत ढंगमा कार्य गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)