बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो


  • माउन्टेन खबर
  • मङ्लबार, साउन ७, २०८२
  • 210
    SHARES

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से परिसूचक ८० दशमलव ९७ अङ्कले बढेर दुई हजार ९७३ दशमलव ७० बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ७९ प्रतिशतको वृद्धि हो ।

नेप्सेमा आज ३१९ कम्पनीको चार करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर एक लाख ७७ हजार १०१ पटक खरिदबिक्री हुँदा रू २० अर्ब आठ करोड ५३ लाख ६७ हजार २९३ बराबरको कारोबार भएको छ । आजको कारोबार पछि बजार पुँजीकरण रू ४९ खर्ब ६२ अर्ब १२ करोड नाघेको नेप्सेले जनाएको छ ।

सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह चार दशमलव ६३, जीवन बीमा समूह चार दशमलव ३६ र लघुवित्त समूह चार दशमलव ०७ प्रतिशतले बढेको छ । बैङ्किङ दुई दशमलव १०, विकास बैङ्क दुई दशमलव २६, वित्त एक दशमलव ९४, होटल तथा पर्यटन तीन दशमलव ४४ र जलविद्युत् समूह एक दशमलव ९० प्रतिशतले बढेको छ । त्यसैगरी, लगानी तीन दशमलव ३४, म्युचुअल फन्ड शून्य दशमलव ५६, निर्जीवन बीमा दुई दशमलव ५६, व्यापार एक दशमलव ०१ र अन्य समूह तीन दशमलव २६ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा ट्रेड टावर लिमिटेड, शिवम् सिमेन्ट लिमिटेड, सान्भी इनर्जी लिमिटेडलगायत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा एलबीबीएल डिबेञ्चर–२०८९ तीन दशमलव ९४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ७१ करोड ८८ लाख ८५ हजार ७४५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सनराईज फोकस्ड इक्विटी फण्डको २२ लाख ३७ हजार ३९५ कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)