बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘कुलिङ पिरियड’ सम्बन्धी छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने


  • माउन्टेन खबर
  • आइतवार, साउन १९, २०८२
  • 256
    SHARES

काठमाडौँ – संघीय निजामती सेवा विधेयकको पतिवेदनमा भएको त्रुटि छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले सोमबार छानबिन प्रतिवेदन बुझाउने भएको छ ।

समितिको म्याद आज (आइतबार) सकिने भएकाले सोमबारको प्रतिनिधिसभामा बैठकमा प्रतिवेदन बुझाउने तयारी भइरहेको सदस्यहरूले बताएका छन् ।

विधेयकमा रहेको कुलिङ पिरियडको प्रावधानलाई निष्प्रभावी बनाउने भाषा प्रयोग गरिएको भनेर प्रश्न उठेपछि प्रतिनिधिसभाले विशेष छानबिन समिति गठन गरेको थियो ।

गत २३ असारमा गठित समितिलाई सुरुमा २१ दिनको समय दिइएको थियो । पछि फेरि एक साता म्याद थप गरिएको थियो । जसको म्याद आज सकिने भएकाले सोमबारको बैठकमा प्रतिवेदन बुझाउने तयारी गरिएको हो ।

समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन् । कांग्रेसका सांसद जीवन परियारको सभापतिमा बनाइएको समितिमा सुशीला थिङ, नारायणप्रसाद आचार्य, ईश्वरी घर्ती, माधव सापकोटा, गणेश पराजुली र रोशन कार्की सदस्य छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)