बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बानियाँको मन्त्रिमण्डल गठनमै विवाद

सभापति देउवासँग भएको सहमति कार्यान्वयन भएन :पूर्व मुख्यमन्त्री लामा


  • माउन्टेन खबर
  • बुधबार, साउन २२, २०८२
  • 289
    SHARES

हेटौंडा – बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा नयाँ मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँप्रति असन्तुष्टि जनाउँदै शपथ समारोहमै बाहिरिएका छन्। आफूले सिफारिस गरेका मन्त्रीहरुलाई सरकारमा नसमेटिएको भन्दै लामाले असहमति जनाएका हुन्।

लामाका अनुसार, सभापति शेरबहादुर देउवाको सहमतिअनुसार आफूले गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री बनाउने सर्तमा राजीनामा दिएका थिए। तर नयाँ मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले ती सहमति कार्यान्वयन नगरेको भन्दै उनले सार्वजनिक रुपमा आपत्ति जनाए।

लामाले भने, “सभापतिज्यूको सहमति अनुसार मात्रै मैले पद छाडेको थिएँ, तर त्यो मानेनन्। यसले गलत नजिर बसायो।” लामाले यो घटनालाई संविधानविरोधी र राजनीतिक संस्कार बिथोल्ने खालको भनेर टिप्पणी गर्दै सहमति कार्यान्वयन गराउन पार्टी सभापति देउवासँग छलफलका लागि तत्काल काठमाडौं प्रस्थान गरेका छन्।

बागमती प्रदेश सरकारको नयाँ स्वरूपमा कांग्रेस सभापति देउवाका नजिक मानिने धादिङका शिवराज अधिकारी पनि मन्त्रालयविहीन बनेका छन्। उनलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय दिने तयारी गरिए पनि अन्तिम घडीमा नाम रोकिन पुगेपछि उनी पनि मन्त्रालय नपाएका हुन्।

मुख्यमन्त्री बानियाँले दुई मन्त्रीसहित मात्रै शपथ लिए पनि बाँकी पाँच मन्त्रालयको जिम्मेवारी हालसम्म खुलाइएको छैन। पार्टीभित्रको आन्तरिक रस्साकस्सीले मन्त्रिपरिषद् विस्तार नै अनिश्चित बनेको छ।

बानियाँलाई पार्टीका केन्द्रीय नेताहरूले आफू निकटलाई मन्त्रीमा समेट्न दबाब दिइरहेका छन्, जसले सरकार गठनको सुरुवातमै असन्तोष र विवाद जन्माएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)