बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुबारुको नयाँ मोडलका दुई गाडी नेपाली बजारमा


  • माउन्टेन खबर
  • बुधबार, साउन २२, २०८२
  • 291
    SHARES

काठमाडौं- विश्व प्रसिद्ध जापानी कार उत्पादक सुबारुद्धारा निर्मित दुई नयाँ मोडलका गाडीहरु नेपाली बजारमा बिक्री वितरणमा आएका छन।

नेपालको लागि सुबारुको आधिकारीक बितरक विजय मोटर्सले आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी नयाँ मोडलहरु २.० क्रसट्रेक हाइब्रिड आइसाइट र २.२.५ आउटब्याक ट्वरिङ्ग आइसाइट लाइट सार्वजनिक गरेको हो।

सार्वजनिक भएका यी दुवै भेरियन्टका सवारी साधनले जापानी कम्पनी सुबारुद्धारा अंगिकार गरिएको पछिल्लो अत्याधुनिक अटोमोबिल प्रविधि, सुरक्षा, दिगोपना र कार्यक्षमतालाई प्रतिनिधित्व गर्दै साहसिक कार सवारीको नयाँ मापदण्ड तय गर्ने बताइएको छ।

२.० क्रसट्रेक हाइब्रिड आइसाइट

हाइब्रिड प्रविधिमा आधारित २.० क्रसट्रेक हाइब्रिड आइसाइट बाटोमा दौडिरहेको अवस्थामा स्वचालितरुपमा विद्युतीय र इन्धनको उर्जा लिने हुनाले यसलाई अन्य विद्युतीय गाडी जस्तो बाहिरी चार्जिङ्गको आवश्यकता पर्दैन। दौडिरहेकै अवस्थामा गाडीको ब्याट्री आफैँ चार्ज हुने हुनाले यसले सहजता, सुविधा र कार्य कुशलतालाई थप गराएको छ।

एक लिटर पेट्रोलमा यो गाडीले १७.५ किमीका माइलेज दिने हुनाले यो मोडलले नेपाली उपभोक्ताको मन जित्ने विश्वास लिइएको छ।

२.५ आउटब्या ट्वरिङ्ग आइसाइट

सुरक्षा, विश्वसनियता र बहुमुखिगुणलाइ प्रतिनिधित्व गरेको २.५ आउटब्याक ट्वरिङ्ग आइसाइट भेरियन्टको गाडी १८८ हर्जपावर इञ्जिन क्षमतामा आएको छ। यसमा दिइएको डुअल एक्स मोडले गाडीलाई हिलो, हिउँ र चट्टानीय सहत जस्ता जस्ता कठिन बाटोमा पनि सहजै यात्रा गर्न सक्षम बनाउने बताइएको छ।

कुल १० ओटा एअरब्याग प्रदान गरिएको यस भेरियण्टमा ब्ल्याइण्ड स्पट मोनिटरिङ्ग र रियर क्रस ट्राफिक अलर्ट जस्ता ड्राइभर असिस्टेण्ट प्रणालीले यात्रामा सुरक्षाको रक्षाको प्रत्याभूतीलाई थप गराउनेछ।

विजय मोटर्सको प्रबन्ध निर्देशक एनि गार्डनर बैद्यले कम्पनीको नक्सालस्थित शोरुममा गाडीहरु बिक्री वितरणको लागि राखिएको बताउँदै दुबै मोडलका गाडीहरुको सुरुवाती मूल्य एक करोड ६९ लाख भएको जानकारी दिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)