बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा बादे नियुक्त


  • माउन्टेन खबर
  • शनिबार, साउन २५, २०८२
  • 247
    SHARES

मकवानपुर- नेपाली कांग्रेस बागमती पदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा निवासी प्रदेशसभाका सदस्य कञ्चनचन्द्र बादेलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतक पदमा हिजो नियुक्त गर्नुभएको छ ।

यसैगरी मुख्यमन्त्री बानियाँले ललितपुरको मङ्गलबजार निवासी प्रदेशसभाका सदस्य मीनकृष्ण महर्जनलाई उक्त संसदीय दलको सदस्यसचिवमा नियुक्त गर्नुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीयसचिव मिलन पुडासैनीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सदस्यसचिवमा प्रदेशसभाका सदस्य कृष्णकुमार तामाङ अहिले मुख्यमन्त्री बानियाँको मन्त्रिपरिषद्मा साउन २० गते मन्त्रीमा नियुक्त हुनुभएपछि उक्त दलको सदस्यसचिवको पद रिक्त भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)