बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक


  • माउन्टेन खबर
  • मङ्लबार, साउन २८, २०८२
  • 133
    SHARES

काठमाडौँ-  नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक २६ दशमलव २२ अङ्कले घटेर दुई हजार ७९६ दशमलव २४ बिन्दुमा कायम भएको छ । आज परिसूचक शून्य दशमलव ९२ प्रतिशतले घटेको हो ।

आज ३२३ कम्पनीको एक करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर ७८ हजार २२६ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ बराबरको कारोबार भएको हो ।

होटल तथा पर्यटन समूह एक दशमलव ३२ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ९४, विकास बैंक शून्य दशमलव ७६, वित्त एक दशमलव ५३, जलविद्युत् एक दशमलव २६, लगानी शून्य दशमलव ६६, जीवन बीमा एक दशमलव ०६ र उत्पादन तथा प्रशोधन समूह एक प्रतिशतले घटेको छ । लघुवित्त एक दशमलव ४९, म्युचुअल फन्ड शून्य दशमलव २४, निर्जीवन बिमा शून्य दशमलव ८१, व्यापार शून्य दशमलव ८६ र अन्य समूह शून्य दशमलव ६२ प्रतिशतले घटेको छ ।

सिटी होटल लिमिटेडको शेयर मुल्यमा सकारात्मक सर्किट लाग्दा सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू २६ करोड ७७ लाख ५५ हजार २९३ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डको छ लाख छ हजार ३१७ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)