बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कुनै पनि अपरिचित लिङक तथा एपहरु क्लिक, डाउनलोड तथा इन्स्टल नगर्न अनुरोध


  • माउन्टेन खबर
  • मङ्लबार, साउन २८, २०८२
  • 128
    SHARES

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नेप्से एआई लगायतका कुनै पनि अपरिचित लिङक तथा एपहरु क्लिक, डाउनलोड तथा इन्स्टल नगर्न सर्वसाधरण सबैमा अनुरोध गरेको छ।

ब्यूरोले आज एक विज्ञप्ति प्रकाशित गरी केही दिनयता सामाजिक सञ्जाल(फेसबुक, इन्स्टाग्राम, टिक टक लगायत) मा नेप्से एआई नामक एप डाउनलोड गर्न लगाई एआईले शेयर बजारको विश्लेषण गरी बढिभन्दा बढि नाफा कमाउन सक्ने जस्ता भ्रामक सूचना प्रवाह गरी त्यस्ता एपहरु डाउनलोड गर्न प्रेरित गर्ने र उक्त एप इन्स्टल गरेपछि रिमोट सेसन खोलेर खातामा भएको सम्पूर्ण रकम क्षणभरमा अन्यत्र ट्रान्सफर भई पीडितको डिजिटल डिभाइसमा रहेको सम्पूर्ण डाटा मेटाएर प्रमाण नष्ट गरिदिने जस्ता कामा भइरहेको भन्ने सूचना तथा उजुरी परेपछि यस्तो जानकारी बाहिर ल्याएको हो।

सीआईबीका प्रवक्ता तथा सूचना अधिकारी युवराज खड्काका अनुसार जोन डोइ (सांकेतिक नाम)ले सामाजिक सञ्जाल फेसबुकमा देखिएको विज्ञापनबाट शेयर बजारको विश्लेषण गर्नको निम्ति नेप्से एआई नामक एप डाउनलोड गरी इन्स्टल गर्छन्। एप इन्स्टल गरेपछि उक्त एपमा रिमोट सेसन खुल्नासाथ उनको मोबाइल स्क्रीन केहि समय ब्ल्याङ्क हुन्छ। साथमा उनको विभिन्न बैंक खातामा भएको २८ लाख ६१ हजार रुपैयाँ अन्यत्र खातामा ट्रान्सफर भई उनको मोबाइलमा रहेको सम्पूर्ण डाटा तथा एप हरु समेत मेटिन्छ र यति भएपछि उनी सीआईबीमा उजुरी गर्न आउँछन। यसबाहेक यस्ता कयौँ ठुला विगतका घटनाका उजुरीहरु समेत हाल प्राप्त भइरहेको उनले बताए।

क्रियाकलापहरुबाट बच्न के गर्ने?  के नगर्ने?

१) टू फ्याक्टर अथेन्टिकेशन कोड प्रयोग गर्ने (सम्भव भएसम्म एसएमएस को प्रयोग गर्ने) ।
२) पासवर्डहरु बेला बेलामा परिवर्तन गर्ने ।
३) नेप्से एआई लगायत विज्ञापन लिङ्कबाट आएका अपरिचित एपहरु कहिले पनि इन्स्टल नगर्ने।
४) आफ्नो डिजिटल डिभाइस अपरिचित व्यक्तिहरु एनि डेस्क, टिम भ्यूअर जस्ता रिमोट एक्सेस कसैलाई नदिने।
५) गुगल प्ले स्टोर, आईओएस एप स्टोरजस्ता आधिकारिक श्रोतबाट मात्र एपहरु इन्स्टल गर्ने

यस्ता घटना घटेको थाहा पाउन साथ सम्बन्धित बैंक तथा वित्तीय संस्था, नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा खबर गर्न पनि प्रहरीले सुझाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)