बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महासंघका उपाध्यक्ष हेमराज ढकालले सेबोन बोर्ड सदस्यमा नियुक्त


  • माउन्टेन खबर
  • बुधबार, साउन २९, २०८२
  • 136
    SHARES

काठमाडौँ –  नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नेपाल धितोपत्र बोर्ड (सेबोन) को सस्यमा नियुक्त हुनु भएको छ ।

उहाँलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको तर्फबाट सेबोन सदस्यका रुपमा मनोनयन गरि पठाउनु भएको हो ।

नेपाल धितोपत्र ऐन २०६३ को धारा ३ मा भएको व्यवस्था अनुरुप उहाँ सेबोनको सदस्यमा नियुक्त हुनु भएको हो । ऐनमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधी नेपाल धितोपत्र बोर्ड (सेबोन) को सदस्य हुने व्यवस्था छ । ढकालले सेबोनमा निजी क्षेत्रको प्रतिनिधित्व गर्नु हुनेछ ।

सेबोन सदस्य नियुक्त भएपश्चात ढकालले पूँजीबजारलाई राष्ट्रिय अर्थतन्त्रको दिगो स्रोतको रूपमा विकसित गर्न निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्यलाई सुदृढ बनाउने आफ्‌नो प्राथमिकतामा रहने बताउनु भयो ।

यस्तै उहाँले बोर्डको सदयका हैसियतले पूँजीबजारको विकासका लागि आफु प्रयत्नशील रहने बताउनु भयो । यस्तै शेयर बजारको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि, लगानीकर्ता संरक्षण, बजारको पहुँच विस्तार र दीर्घकालीन लगानीलाई प्रोत्साहन दिने नीतिगत तथा संस्थागत पहलमा आफुले सक्दो योगदान दिने नवनियुक्त सदस्य ढकालले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)