बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एक वर्षमा वाणिज्य बैंकहरुले कमाए ७१ अर्ब नाफा , कुन बैंकको कति ?


  • माउन्टेन खबर
  • शुक्रबार, साउन ३१, २०८२
  • 223
    SHARES

काठमाडौं –  गत आर्थिक वर्षको २०८१/८२मा २० वटा वाणिज्य बैंकहरुले ७१ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । बैंकहरुले गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका हुन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.६८ प्रतिशत बढि हे । सो अवधिमा बैंकहरूले ४९ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

बैंकहरुले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा १६ वटा बैंकको नाफा बढेको छ भने चार वटाको घटेको छ । नाफा घट्नेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एशिया बैंक र सिटिजन्स बैंक रहेका छन् ।

गत आवमा सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । नबिल बैंकले ७ अर्ब १२ करोड कमाएको छ । सबैभन्दा बढी नाफा कमाउनेको दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) रहेको छ । यसले ६ अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै, तेस्रोमा रहेको ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ । प्रभु बैंकले ५ अर्ब ४४ करोड नाफा कमाउँदा एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ भने कृषि विकास बैंकले ४ अर्ब १५ करोड, लक्ष्मी सनराइज बैंकले ४ अर्ब ११ करोड र प्राइम कमर्सियल बैंकले ४ अर्ब २ करोड खुद नाफा कमाएका छन् ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ८१ करोड नाफा कमाउँदा नेपाल बैंकले ३ अर्ब ७७ करोड, सिद्धार्थ बैंकले ३ अर्ब ३९ करोड, एनएमबि बैंकले ३ अर्ब २८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब २ करोड, सानिमा बैंकले २ अर्ब ५७ करोड, कुमारी बैंकले २ अर्ब ११ करोड र माछापुच्छ्रे बैंकको २ अर्ब १ करोड खुद नाफा रहेको छ।

गत आवमा नेपाल एसबिआई बैंकले १ अर्ब ८० करोड नाफा कमाएको छ । हिमालयन बैंकले १ अर्ब ५१ करोड र सिटिजन्स बैंकले १ अर्ब २९ करोड खुद नाफा आर्जन गर्दा एनआईसी एशिया बैंकले सबैभन्दा कम १६ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)