बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

ठूला भौतिक पूर्वाधार विकासको नयाँ ढोका : अर्थमन्त्री पौडेल


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ ६, २०८२
  • 326
    SHARES

काठमाडौं-  वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ संघीय संसदको प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकले विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।

संसदमा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयकले नेपालमा ठूला भौतिक पूर्वाधारको विकासका लागि नयाँ ढोका खोल्ने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले विधेयकले नेपालको विकासको आवश्यकतालाई सम्बोधन गर्ने भन्दै विधेयक छिटो पारित गरेर संसदले छोटो समयमा पनि महत्वपूर्ण काम गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेको बताउनुभयो ।

विधेयकमाथिको छलफलमा भाग लिदै प्रतिपक्षी दलका सांसदहरुले समेत नविन अवधारणा भन्दै विधेयकको प्रशंसा गर्दै सरकारलाई धन्यवाद दिएका थिए ।

संसदको अर्थ समितिमा छलफल सम्पन्न भएपछि विधेयकलाई प्रतिनिधिमा सभामा पेश गरिएको थियो ।
वैकल्पिक स्रोत जुटाएर धेरै प्रतिफल दिने ठूला पूर्वाधारका आयोजनामा लगानी गर्ने विधेयकको मुख्य उद्देश्य छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)