बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एक तोला सुनको मूल्य दुई लाख पाँच हजार नौ सय


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ १७, २०८२
  • 213
    SHARES

काठमाडौँ- अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख पाँच हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

सोमबार प्रतितोला सुन रु दुई लाख पाँच हजार ३०० मा कारोबार भएकोमा आज प्रतितोला रू छ सय बढेको हो । चाँदीको मूल्य प्रतितोला रू १५ ले बढेर रु दुई हजार ४८५ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार नेपाली उपभोक्ताको मागका कारण नभई विश्व राजनीति र अर्थतन्त्रमा उत्पन्न उतारचढावका कारण सुनको मूल्य बढेको हो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ४९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)