बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही गर्नुपर्छः चन्द्रप्रसाद ढकाल


  • माउन्टेन खबर
  • बुधबार, अशोज १, २०८२
  • 324
    SHARES

काठमाडौँ –  नेपाल उद्योग वाणिज्य महासंघले जेन—जी आन्दोलनका क्रममा भएका उद्योगहरुको आगजनी, लुटपाट र तोडफोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

बुधवार अपरान्ह अध्यक्ष ढकालसहितको एफएनसिसिआईको टोलीले जेन जी आन्दोलनको क्रममा आगजनी र तोडफोड भइ क्षतिग्रस्त रहेको भाटभटेनी सुपरमार्केट, कान्तिपुर मिडिया, उपेन्द्र महतोको घरको अवलोकन गरेको हो ।

अवलोकनपछि सञ्चारकर्मीमाझ महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगहरुको आगजनी, लुटपाट र तोडफोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्नुभयो ।

 

उहाँले मुलुकको हरेक आन्दोलनमा निजी क्षेत्रलाई गम्भिर क्षति पु¥याउने काम हुँदै आएको उल्लेख गर्दै त्यसो हुन नदिने गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । अध्यक्ष ढकालले राज्यले उद्योग, व्यवसाय संचालनका लागि आवश्यक सुरक्षालगायतका प्रबन्ध मिलाउन नसके नेपालमा बाह्य लगानी भित्र्याउन नसकिने पनि स्मरण गराउनु भयो ।

 

उहाँले भन्नुभयो,‘आगामी दिनमा जुन सुरक्षा दिने कुराहरु छ । सरकारको तर्फबाट र आम पब्लिकको पर्सेप्शन पनि जुन यो सेक्युरिटी दिनेकुरा छ । त्यो एकदमै इम्पोटेन्ट छ । जबसम्म सेक्युरिटीको एस्योरेन्स हुँदैन, तवसम्म लगानीको सम्भावना छैन । त्यसैले अहिले भएको आगजनी तोडफोड जुन भएको छ । यसको निष्पक्ष ढंगले छानविन गरेर जुन इन्टेनसनली यी कामहरु भएको छ । उनीहरुलाई कारबाही गर्नु पर्छ भन्ने हाम्रो निजी क्षेत्रको रहेको छ । २०४६ यताका सबै प्रकारका आन्दोलनहरुमा निजी क्षेत्रलाई टार्गेट गरेर गरिएको छ ।’

महासंघले उद्योग व्यवसाय संचालनका लागि सरकारले लगानीको लागि उचित वातावरण बनाउन नसकेको गुनासो पनि गर्दै आएको छ । निजी क्षेत्र अब अझै उच्च मनोबलका साथ अघि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)