बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी राजदूत थोम्पसनले भेटे अर्थमन्त्री


  • माउन्टेन खबर
  • सोमवार, अशोज ६, २०८२
  • 223
    SHARES

काठमाडौं- अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत डिन आर. थोम्पसनबिच आज अर्थ मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेट भएको छ ।

सो अवसरमा अर्थमन्त्री खनाल र अमेरिकी राजदुतबिच नेपालको हालको परिवर्तित अवस्था र संयुक्त राज्य अमेरिकाले यस परिस्थितिमा नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल भएको थियो ।

छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माण योजना र सहुलियत प्याकेजको माध्यमवाट निजी क्षेत्रको मनोवल माथि उठाउनु रहेको वताउनुभयो ।

अमेरिकी राजदुतले हालैको घटनामा ज्यान गुमाउने परिवारप्रति समवेदना तथा सहानुभुति व्यक्त गर्दै यस परिस्थितिमा अमेरिकी सरकार नेपालको साथमा रहेको उल्लेख गर्नुभयो । अमेरिकी राजदुतले एमसीसीको सहयोगमा संचालित एमसीए  नेपालबाट कार्यान्वयन भइरहेका परियोजनाहरु समयमै सम्पन्न गर्ने कार्यमा सरकारको थप प्रतिवद्धता आवश्यक रहेको बताउनुभयो ।

अर्थमन्त्री खनालले उक्त परियोजनाहरुको सफल कार्यान्वयनका लागि सरकारको तर्फवाट गर्नुपर्ने कार्यहरूमा ढिलाई नहुने विश्वास दिलाउनुभयो। सो अवसरमा अर्थमन्त्री खनालले नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकी सरकारको तर्फवाट हुँदै आइरहेको निरन्तर सहयोगको उच्च सराहना गर्नुभयो।

वैठकमा अर्थसचिव घनश्याम उपाध्याय, अर्थ मन्त्रालय, वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका पदाधिकारी र अमेरिकी राजदुतावासका पदाधिकारीहरुको उपस्थति रहेको सहसचिव एवम् प्रवक्ता   टंकप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)