बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ : अध्यक्ष ढकाल 


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज ७, २०८२
  • 183
    SHARES

काठमाडौं –  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वन हुन आवश्यक रहेको बताउनु भएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई मङ्गलवार महासङ्घमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी सबैभन्दा ठुलो रोजगारदाता भए पनि हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्नु गम्भीर विषय भएको बताउनु भयो ।
आन्दोलनका क्रममा निजी क्षेत्र माथि आक्रमण हुनुले निजी क्षेत्रको महत्त्व बुझ्न नसकिएको हो कि भन्ने अनुभूति भएको उल्लेख गर्दै उहाँले यस्ता विषयमा दृष्टिकोण निर्माण गर्न सञ्चार क्षेत्रलाई आग्रह गर्नु भयो । निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड रहेको र निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत  योगदान गरिरहेको उहाँले बताउनु भयो

अध्यक्ष ढकालले जेनजीको आन्दोलनका क्रममा भएको घुसपैठमा देशभरि भएका तोडफोड र आगजनीले हालसम्म उपलब्ध तथ्याङ्क र सूचना अनुसार करिब ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आङ्कलन गरिएको जानकारी दिनुभयो । “हामी विभिन्न समयमा विभिन्न राजनीतिक तथा प्राकृतिक विपत्तिको सामना गर्दै यो अवस्थामा आइपुगेका हौँ । भाद्र २३ र २४ गतेपछिको जेनजी आन्दोलदन पछि सरकारी तथा निजी सम्पतीमा ठुलो क्षति पुगेको छ । हामी सामु  यो अवस्थाबाट माथि उठ्नु पर्ने चुनौती छ । ” उहाँले भन्नु भयो ।

यद्यपि वर्तमान सरकारले छोटो समयमा नै निजी क्षेत्रको धारणा अनुसार राहतका प्याकेज घोषणा गरेर निजी क्षेत्रको मनोबल उकास्ने काम गरेको र यसलाई महासङ्घले सकारात्मक रूपमा लिएको बताउनु भयो ।

 

उहाँले तथ्यमा आधारित, खोजमूलक र जिम्मेवार पत्रकारिताले निजी क्षेत्रको विश्वसनीयता बढाउनुका साथै नीतिगत सुधारका लागि दबाब सिर्जना गर्ने बताउँदै सेजनसंगको सहकार्यमा महासङ्घ सधैँ सकारात्मक रहेको धारणा राख्नुभयो ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अहिलेको घटनाले उद्योगी व्यवसायीहरूमा असुरक्षाको भावना पैदा भएको उल्लेख गर्दै उद्योगी व्यवसायी तथा आम सर्वसाधारणको मनोबल उच्च राख्ने गरी शान्ति सुव्यवस्था कायम गर्नु पर्ने बताउनु भयो । उहाँले नेपालमा भएका पछिल्ला केही घटनाले अन्तर्राष्ट्रिय स्तरमा नेपालबारे नकारात्मक सन्देश प्रवाह भएको बताउँदै यसले रोजगारीमा असर पार्ने बताउनु भयो ।

महासङ्घका उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्र पुनः स्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकार बिच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता अहिलेको आवश्यकता भएको बताउनु भयो ।

महासङ्घका कोषाध्यक्ष भरतराज आचार्यले नेपाल अर्थतन्त्रको पुनर्निर्माण नवनिर्माण र पुनरुत्थानका लागि सरकारले निजी क्षेत्रसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका गर्नु पर्ने बताउनु भयो ।

सेजनका अध्यक्ष भागवत भट्टराईले आर्थिक पत्रकारिताका माध्यमबाट सेजनले सधैँ खुला अर्थतन्त्र, उद्यमशीलता र रोजगारीका विषयमा पैरवी गर्दै आएको बताउनु भयो । महासङ्घ र सेजनबीच लामो समय देखि सहकार्य रहँदै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा समेत सो सहकार्यको निरन्तरतामा जोड दिनुभयो ।
महासङ्घले बदलिँदो पछिल्लो राजनीतिक परिस्थितिमा संयुक्त रूपमा आर्थिक विकास, रोजगारी सिर्जना र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै महासङ्घले उठाएका यी विषय समग्र देशको आर्थिक विकास र समृद्धिका लागि हो भन्ने बुझिदिन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)