बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जेनजी आन्दोलनमा क्षति भएका सार्वजनिक पूर्वाधार पुनर्निर्माणका लागि कोष स्थापना


  • माउन्टेन खबर
  • बुधबार, अशोज ८, २०८२
  • 168
    SHARES

काठमाडौँ- सरकारले गत भाद्र २३ र २४ गते भएको आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गरी पुनर्निर्माण तथा मर्मत,आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको छ ।

भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गर्दै सरकारले आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान, राहत र पुनर्स्थापना कार्यको लागि कोष स्थपना गरेको हो ।

कोषमा नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह,निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन समेत सरकारले अपील गरेको छ ।

यस्तो आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन खर्चकट्टी गर्न पाइने ब्यवस्था सरकारले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)