बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुलुकको स्वार्थ रक्षाका लागि प्रतिबद्ध छु : अर्थमन्त्री खनाल


  • माउन्टेन खबर
  • बुधबार, अशोज ८, २०८२
  • 148
    SHARES

विराटनगर- अर्थमन्त्री रामेश्वर खनालले मुलुकको स्वार्थ रक्षा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । मोरङ उद्योग व्यापार सङ्घ विरानगरमा आज आयोजित कार्यक्रममा उहाँले मुलुकको सर्वोपरी हितका निम्ति आफूले काम गरेर प्रमाणित गर्ने प्रतिबद्धता जनाउनुभयो ।

भ्रष्टाचार न्यूनीकरण गर्नका लागि निजी क्षेत्रले पनि सहयोगीको भूमिका निर्वाह गरेको उल्लेख गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्रकै सल्लाह र सुझावबाट स्वकीयसहित अन्य कर्मचारीलाई हटाउने सरकारले निर्णय गरेको जानकारी दिनुभयो ।

अर्थमन्त्री खनालले निजी क्षेत्रले नाफा आर्जनसँगै राष्ट्रिय हितमा पनि उभिनुपर्ने बताउँदै दीर्घकालीन परिवर्तनका निम्ति आफूले दत्तचित भएर काम गर्ने विश्वास दिलाउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले आयातनिर्यात हुने वस्तुको मूल्याङ्कन वैज्ञानिक प्रणालीबाट हुनुपर्ने धारणा राख्नुभयो । अर्थमन्त्री खनालले मुलुकको आर्थिक गतिविधिलाई क्रियाशील बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उहाँले उच्चस्तरीय आर्थिक सुधार आयोगबाट आएका सुझावलाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

सङ्घका अध्यक्ष अनुपम राठीले उद्योगी र व्यापारीहरूको लिखित सुझाव मन्त्री खनाललाई प्रदान गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)