बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सेयर बजारमा पहिरो, ७४ अंकले घट्यो परिसूचक


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १८, २०८२
  • 135
    SHARES

काठमाडौँ – बुधबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज भने ७४.७३ अंकले घटेर कारोबार भएको हो ।

आज सेयर बजारमा २.६२ प्रतिशतले घटेर २७७६.३६ विन्दुमा पुगेको हो । आज सेयर बजारमा २५५ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ११.२१ अंकले घटेर ४७३.६३ विन्दुमा पुगेको छ । आज सबै १३ वटै उपसूचकको सेयर मूल्यमा गिरावट देखिएको छ ।

परिसूचक घटेको दिन १२ अर्ब माथिको कारोबार भएको छ । आज ३४७ कम्पनीका ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता सेयर १ लाख २३ हजार ७३० पटक खरिद बिक्री हुँदा १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५६१ रुपैयाँको कारोबार भएको छ । आज बजार उच्च अंकले घट्दा पनि ६ कम्पनीमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)