बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निर्माण व्यवसायी महासंघको निर्वाचन आज, पाण्डे र लामा प्यानलसहित प्रतिस्पर्धामा


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १९, २०८२
  • 99
    SHARES

काठमाडौ-  नेपाल निर्माण व्यवसायी महासंघको १३औं‌ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन प्रज्ञा भवन कमलादीमा हुँदैछ ।

 

 

अध्यक्ष पदमा कालिका कन्सट्रक्सनका निर्देशक निकोलस पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी ९एडी० लामाबीच प्रतिस्पर्धा हुँदैछ । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

लामा समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतमले उम्मेदवारी दिएका छन् । प्रमोद लामिछानेले स्वतन्त्र रूपमा उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् ।

अधिवेशनबाट आगामी तीन वर्षका लागि ५१ सदस्यीय नयाँ कार्यसमिति चयन हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)