बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारको प्राथमिकता सुशासन र आर्थिक सुधार: अर्थमन्त्री वाग्ले

“अपराध गर्ने कसैलाई उन्मुक्ति हुँदैन, तर छानीछानी प्रतिशोध पनि हुँदैन,”


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २३, २०८२
  • 213
    SHARES

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल स्टक ब्रोकर एशोसिएसनबीच अर्थ मन्त्रालयमा सोमबार बिहान भेटवार्ता सम्पन्न भएको छ।

स्टक ब्रोकर एशोसिएसनले मागेको समयअनुसार तय गरिएको भेटमा अर्थमन्त्री वाग्लेले सरकारको प्राथमिकता सुशासन र आर्थिक सुधारमा केन्द्रित रहेको स्पष्ट पार्नुभयो।

उहाँले नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन ठोस काम भइरहेको उल्लेख गर्दै जनमत पनि सोही दिशामा रहेको बताउनुभयो।

उहाँका अनुसार केही अनुसन्धान पुरानै भए पनि अहिले अन्तिम चरणमा पुगेका हुन्। “अपराध गर्ने कसैलाई उन्मुक्ति हुँदैन, तर छानीछानी प्रतिशोध पनि हुँदैन,” उहाँले भन्नुभयो।

 

निजी क्षेत्रप्रति सरकार सकारात्मक रहेको उल्लेख गर्दै उहाँले आफ्नो पहिलो निर्णयबाटै त्यो देखिएको दाबी गर्नुभयो। रास्वपा र सरकार निजी क्षेत्रविरोधी नभएको पनि उहाँको भनाइ थियो।

अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित सरकार अघि बढिरहेको भन्दै उहाँले आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुने दाबी गर्नुभयो। “नेपालको अर्थतन्त्रका लागि अब स्वर्णिम समय आउँदैछ,” भन्दै उहाँले हल्ला र गलत अफवाहको पछि नलाग्न सबैलाई आग्रह गर्नुभयो।

शेयर बजारका सन्दर्भमा आफूहरू उदार नीतिको पक्षमा रहेको उल्लेख गर्दै अनावश्यक अफवाह फैलाइएकोप्रति चिन्ता व्यक्त गर्नुभयो।

भेटमा एशोसिएसनका प्रतिनिधिहरूले वर्तमान शेयर बजारमा फैलिएका गलत हल्लाका कारण साना लगानीकर्ता आत्तिएको बताएका थिए। उनीहरूका अनुसार शेयर बेचेर बाहिरिएका तथा बजारबाट शेयर संकलन गर्न खोज्ने समूहहरूले जानाजानी अफवाह फैलाइरहेका छन्।

पूर्वअध्यक्ष प्रियराज रेग्मी लगायतका प्रतिनिधिहरूले संस्थागत लगानीकर्तालाई सहज वातावरण बनाउन आवश्यक रहेको बताएका थिए। साथै निजी क्षेत्रमाथिको अनुसन्धान जायज भए पनि त्यसलाई गोप्य राख्नुपर्नेमा जोड दिँदै त्यसमा कमजोरी देखिएको बताएका छन्।

एशोसिएसनले पुँजीबजार सुधार कार्यदलका सुझावहरू कार्यान्वयन गर्न पनि सरकारसँग आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)