बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ३०, २०८२
  • 187
    SHARES

काठमाडौं –  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४.१८ अङ्कले घटेर दुई हजार ८३३.६० बिन्दुमा कायम भएको हो ।

आज ३४२ कम्पनीको दुई करोड एक लाख ६३ हजार ७९३ कित्ता सेयर एक लाख एक हजार १८० पटक खरिदबिक्री हुँदा आठ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ ०.४७, विकास बैंक ०.५५, वित्त ०.२९, जीवन बीमा ०.४६, लघुवित्त ०.४२, व्यापार ०.२१ र अन्य समूह १.६२ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ ।

आज होटल तथा पर्यटन १.०२, जलविद्युत् ०.६६, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४०, म्युचुअल फन्ड ०.३६ र निर्जीवन बीमा ०.४६ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)