बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्से परिसूचकमा सामान्य गिरावट


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २३, २०८३
  • 217
    SHARES

काठमाडौँ –  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्सेका अनुसार आज परिसूचक १.६४ अङ्कले घटेर दुई हजार ७११.२२ बिन्दुमा कायम भएको छ । आज ३३६ कम्पनीको ७१ लाख ३१ हजार ५५७ कित्ता शेयर ४७ हजार ८४१ पटक खरिद बिक्री हुँदा रु तीन अर्ब १९ करोड ७७ लाख ६६ हजार ७७९ बराबरको कारोबार भएको छ ।

 

आजको कारोबारमा बैंकिङ, वित्त, होटल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बिमा र अन्य समूहको उपसूचकमा वृद्धि देखिएको छ ।

अर्कोतर्फ विकास बैंक, जलविद्युत्, जीवन बिमा र उत्पादन तथा प्रशोधन समूहको उपसूचकमा भने गिरावट आएको छ । आज फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै १३.७४ प्रतिशतले बढेको छ भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ८.९० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)