बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महासंघका अध्यक्ष अन्जन श्रेष्ठले गरे पदबहाली


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २४, २०८३
  • 205
    SHARES

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पदभार सम्हालेका छन् । बिहिबार महासंघको सचिवालयमा अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् ।

उनलाई निवर्तमान अध्यक्ष चन्द्र ढकालले जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

 

 

श्रेष्ठ गत निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । विधानको प्रावधान अनुसार उनी यसपाली स्वतः अध्यक्ष बनेका हुन् ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष प्रावधान अन्तर्गत अध्यक्ष बन्ने उनी अन्तिम व्यक्ति भएका छन् । आउँदो निर्वाचनबाट अध्यक्षमै प्रत्यक्ष निर्वाचन हुनेछ ।

अध्यक्ष श्रेष्ठले औपचारिक रूपमा पदभार ग्रहण गर्दै निजी क्षेत्रको हकहित संरक्षण, उद्योग–व्यवसाय प्रवर्द्धन तथा आर्थिक गतिविधि सुदृढ बनाउन महासंघलाई अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

पद बहाली कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)