सोमवार, भदौ १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुकुम्बासी बस्तीमा ज्यान गएका नागरिकको नैतिक जिम्मेवारी सरकारले लिनुपर्छ : खुश्वु ओली


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २८, २०८३
  • 134
    SHARES

काठमाडाैँ –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्वु ओलीले सरकारले सुकुम्बासी बस्तीमा ज्यान गएका दुई जना नागरिकको नैतिक जिम्मेवारी लिनुपर्ने बताउनुभएको छ ।

सुकुम्बासी बस्तीमा डोजर चलाउने क्रममा पीडा भएपछि दुई जना नागरिकको ज्यान गएकाले उनीहरुको जिम्मा सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिनुपर्ने उहाँको जिकिर थियो ।

सोमवार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले सरकारले संसद छलेर अध्यादेशहरु ल्याउने काम गरेको भन्दै आपत्ति जनाउनु भयो । सरकारले प्रतिनिधिसभालाई कठपुतली बनाउने चेष्टा गरेको उहाँले आरोप समेत लगाउनु भयो ।

प्रमुख सचेतक ओलीले भन्नुभयो,”सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउने काम मानवीय संवेदनशीलताको गम्भिर असफलता हो । जसको नैतिक जिम्मेवारी सरकार र रास्वपाले लिनुपर्छ भन्ने माग गर्दछु । उद्धार भन्ने हो भने उहाँहरुको पहिला लगत संकलन गरिन्थ्यो । उद्धार भएको भए उहाँहरुलाई पहिला नै उचित ठाउँमा व्यवस्थापन गरिन्थ्यो । यहाँ त रुल अफ ल त परको कुरा भयो । रुल बाई ल पनि होइन । तत्कालीन अवस्थामा यो विधेयक आवश्यक देखिएको भएतापनि सरकारले प्रतिनिधि सभालाई बेवास्ता गरेको हो कि भन्ने देखिन्छ । अझ भनौ प्रतिनिधि सभालाई छायाँमा पारेको हो कि भन्ने भान पनि हुन्छ । प्रतिनिधिसभा सरकारको कठपुतली होइन । तपाईहरुलाई लाग्ला । यो मेरो कुरा होे । तर यो मेरो कुरा होइन, यो अहिले सत्तापक्षमा हुनु भएको माननीय मन्त्रीज्यूको कुरो हो । ”

प्रमुख सचेतक ओलीले सरकारले सुकुम्बासीहरुलाई पहिला नै व्यवस्थापन गरेर सो बस्ती हटाउने काम नगरेर गम्भिर गल्ती गरेको पनि औँल्याउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)