बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २९, २०८३
  • 123
    SHARES

काठमाडौं – राष्ट्रपति कार्यालयले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदमुक्त गरेको छ।

राष्ट्रपति कार्यालयले आज जारी गरेकाे विज्ञप्तिअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डोल प्रसाद अर्यालको मिति २०८३/०१/२८ गतेको सिफारिसका आधारमा प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका हुन्।

सङ्घीय संसद्‌का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाका शर्त तथा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उक्त निर्णय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

निर्णयअनुसार राईलाई मिति २०८३/०१/२९ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभाको सचिव पदबाट हटाइएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)