बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल


  • माउन्टेन खबर
  • बिहिबार, साउन १४, २०८३
  • 12
    SHARES

काठमाडाैँ-  नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सुशासनका लागि राजनीतिक दलहरूबीच एकतावद्ध पहल हुनुपर्नेमा जोड दिनुभएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीका कतिपय अभिव्यक्तिले असहज स्थिति सिर्जना गरेको भन्दै त्यसबारे संसदमा स्पष्टीकरण दिन माग गर्नुभएको हो । पूर्वप्रधानमन्त्री दाहालले प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनु लोकतान्त्रिक परम्परा भएको उल्लेख गर्दै यस प्रक्रियालाई नभाँच्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिँदा उहाँको कद सानो नहुने बरु अझ उच्च हुने बताउनु भयो ।  प्रतिपक्षसँग संवाद गर्दा र संसद्लाई जवाफ दिँदा प्रधानमन्त्रीको गरिमा बढ्ने बताउनु भयो । उहाँले अनुभवीको सल्लाह मान्नुपर्ने आशय व्यक्त गर्दै ‘कुरा सुन्नु बूढाको, आगो ताप्नु मुढाको’ भन्ने उखानसमेत उद्धृत गर्नुभयो ।

मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै दाहालले देशलाई असफल राष्ट्र हुनबाट जोगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भुमिका र क्रियाकलाप महत्वपूर्ण हुने बताउनु भयो । उहाँले रास्वपाका माननीय सदस्यहरूलाई सम्बोधन गर्दै मुलुकको भविष्य कता लैजाने भन्ने विषयमा जिम्मेवार हुन आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले रास्वपा सभापति रवि लामिछानेले राजनीतिक सहकार्यको नयाँ संस्कार अगाडि बढाउन खोजेको भन्दै उहाँलाई धन्यवाद दिनुभयो । मुलुकमा देखापरेका वर्तमान चुनौती र घटनाक्रमहरूको समाधानका लागि सहकार्यको प्रक्रियामार्फत अगाडि बढ्न उहाँले सबै पक्षसँग अपिल गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)