बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १, २०८३
  • 148
    SHARES

जनकपुरधाम-  मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार बस्ने मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा वैशाख २८ गते बसेको मन्त्रीपरिषदको बैठकले जेठ १ गते विश्वासको मत लिने गरेको निर्णयअनुसार मुख्यमन्त्री यादवले प्रदेशसभाको वैठकमा विश्वासको मत लिनुहुने भएको हो ।

मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीले बैशाख २२ गते मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कानुन बमोजिम सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

मधेश प्रदेशसभामा हाल कायम रहेको १०२ जना प्रदेशसभा सदस्यमा मधेश प्रदेश सरकारलाई बहुमतका लागि ५२ जना प्रदेशसमा सदस्यको समर्थन आवश्यक पर्छ । अहिले पनि मधेश प्रदेश सरकारसँग सरकारमा सहभागी दलहरुको ६३ जना प्रदेशसभा सदस्यको समर्थन कायम छ ।

मधेश प्रदेश सरकारलाई नेपाली काँग्रेसको २२ जना, जसपा नेपालको २६ र नेपाली कम्युनिष्ट पार्टीका १५ जना प्रदेशसभा सदस्यको समर्थन कायम रहेको नेपाली काँग्रेस मधेश प्रदेश संसदीय दलले जनाएको छ ।

मधेश प्रदेशसभाका सभामुख राम अशिष यादवले शुक्रबार विहान ११ वजे बस्ने गरी प्रदेशसभाको वैठक बोलाइएको बताउनुभयो । बैठकमा मुख्यमन्त्री यादवले विश्वासका मत लिनका लागि प्रस्ताव पेश गर्ने र विभिन्न दलका नेताहरुले धारणा राख्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)