बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संसद्‌को गतिरोध अन्त्य गर्ने प्रयास स्वरूप सभामुख र प्रधानमन्त्रीबिच छलफल


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ७, २०८३
  • 144
    SHARES

काठमाडौँ  – प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गरेपछि संसद्‌मा देखिएको गतिरोध समाधान गर्ने प्रयासस्वरूप सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका छन्।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग करिब आधा घण्टा संसद् सञ्चालन र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरेको बताइएको छ।

प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित गराएर प्रश्नोत्तर गराउनुपर्ने विषयमा विपक्षी सांसदहरूले लगातार दबाब दिइरहेका छन्। सोही विवादका कारण आजको संसद् बैठक अवरुद्ध भएपछि सभामुखले बैठक स्थगित गर्दै समाधान खोज्न प्रधानमन्त्रीसँग भेट गरेको सभामुख निकट स्रोतले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)