बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमाले सचिवालय बैठक आज


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ८, २०८३
  • 156
    SHARES

काठमाडौं- नेताहरुको कार्यविभाजनलाई अन्तिम रुप दिनका लागि नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । पाँच गतेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरुको कार्यविभाजनलाई आज अन्तिम रुप दिने तयारी छ ।

केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार विहान ११.३० बजे अध्यक्ष ओली निवास गुण्डुमा बैठक बस्न लागेको हो । अध्यक्ष ओलीको प्रस्तावमा नेताहरुको जिम्मेवारी हेराफेरी गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रुप दिइने र त्यसलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत नेताहरुलाई पठाउने तयारी छ ।

गत मंसिर २७ २९ मा भएको ११ औं महाधिवेशनपछि नेताहरुको अस्थायी कार्यविभाजन गरिएको थियो । फागुन २१ को निर्वाचनमा केन्द्रित भएर काम गर्न केन्द्रीय सदस्य तथा पदाधिकारीलाई जिम्मेवारी दिइएको थियो ।

यस पटकको कार्यविभाजनमा एमलेमा मुख्य मानिएका विभागहरु मध्ये सचिव भानुभक्त ढकाललाई संगठन,केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कूल,विशाल भट्टराईलाई जनसंगठन र डा.सूर्य पाठकलाई प्रचार तथा प्रकाशनको जिम्मेवारी प्रस्ताव गरिएको छ ।

एक नेताका अनुसार उपाध्यक्ष तथा उपमहासचिवहरुलाई विभागहरुका समन्वय गर्ने र अनुगमनको जिम्मेवारी प्रस्ताव गरिएको छ । अध्यक्ष ओलीको प्रस्तावमा अधिकांस केन्द्रीय सदस्यलाई मिसन स्थानीय चुनावको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)