बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १३, २०८३
  • 132
    SHARES

काठमाडौं –  आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट यही जेठ १५ गते दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा बजेट पेस गरिने जानकारी दिँदै सांसदहरूलाई निर्धारित समयभन्दा अगावै उपस्थित भई आसनग्रहण गर्न आग्रह गरेका छन् ।

 

उनका अनुसार सांसदहरूलाई दिउँसो ३:४५ भित्र अनिवार्य रूपमा उपस्थित हुन सूचित गरिएको छ ।

बजेट प्रतिनिधिसभाका लागि निर्माणाधीन कक्षबाट प्रस्तुत गर्ने तयारी गरिएको छ । सो बजेट अर्थमन्त्री स्वर्णिम वाग्लेले पेस गर्नेछन् ।

त्यसैगरी, प्रतिनिधिसभाको अर्को बैठक सोही दिन साँझ ५:३० बजेका लागि तय गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)