सोमवार, भदौ १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भदौ २३–२४ घटना

आह्वानकर्ता, अभियन्ता तथा विभिन्न सार्वजनिक व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान आवश्यक रहेको निष्कर्ष


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १३, २०८३
  • 109
    SHARES

काठमाडाैँ –  राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनामा मानव अधिकार उल्लंघनसम्बन्धी विषयमा गठन गरिएको अनुसन्धान समितिको प्रतिवेदनमा प्रदर्शनका आह्वानकर्ता, अभियन्ता तथा विभिन्न सार्वजनिक व्यक्तिहरुको भूमिकाबारे थप अनुसन्धान आवश्यक रहेको निष्कर्ष उल्लेख गरेको छ।

प्रतिवेदनअनुसार गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजिव खत्री, शोम शर्मा, केपी खनाल, दिपक बोहरा, मनिश झा, ज्वाला संग्रौला, हेमराज थापा, विमल पन्त, खेमराज साउद, पुरुषोत्तम यादव, अमनप्रताप अधिकारी, विवेक थपलिया, सिसन बानिया, आशिका तामाङ, असिममान बस्नेत, भाग्य न्यौपाने, टंक दाहाल, भिक्टर पौडेल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय, रवि किरण हमाल, हरि ढकाल, निश्चल बस्नेत, सुशिला कार्की, ओमप्रकाश अर्याल, गौरीबहादुर कार्की, पशुपति खड्का, दुर्गा प्रसाई, उर्जा बराल, जेरी ताम्राकार, हेमसागर बिद्रोही, बुद्ध छिरिङ, सन्तोष राजावादी, अमित खनाल, दिपक देवकोटा, गौरव बराल, हिमानी राज्यलक्ष्मी सिंह र निशान मैनालीलगायत व्यक्तिहरुले प्रदर्शनअघि, प्रदर्शनका क्रममा तथा प्रदर्शनपछि विभिन्न अभिव्यक्ति दिएका थिए।

 

समितिले उनीहरुको सामाजिक सञ्जालमा भएका गतिविधि, प्रकाशित समाचार तथा राष्ट्रिय अनुसन्धान विभागबाट सङ्कलित विवरणका आधारमा ती व्यक्तिहरु प्रदर्शनसँग जोडिन सक्ने संकेत देखिएको उल्लेख गरेको छ।

प्रतिवेदनमा उनीहरुको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्ने विषयमा विभिन्न कोणबाट टिप्पणी भएको जनाउँदै, भदौ २३ र २४ गतेका घटनामा भएको मानवीय तथा भौतिक क्षतिमा उनीहरुको संलग्नता रहे–नरहेको, अभिव्यक्तिबाट प्रदर्शनकारीमा कस्तो प्रभाव परेको थियो, सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पुगेको थियो वा थिएन, तथा दुरुत्साहनको अवस्था सिर्जना भएको थियो वा थिएन भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)