बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १५, २०८३
  • 136
    SHARES

काठमाडौँ  – आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार पारिएको बजेटलाई सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरेको छ।

आज दिउँसो साढे २ बजे बसेको बैठकले संसद्मा प्रस्तुत गरिने बजेटलाई अन्तिम रूपमा अनुमोदन गरेको हो।

 

मन्त्रिपरिषद्बाट बजेट पारित भएसँगै आजै दिउँसो ४ बजे सिंहदरबारमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिनेछ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको झण्डै दुईतिहाइ बहुमत प्राप्त रास्वपा नेतृत्वको सरकारले पहिलो पटक पूर्ण बजेट ल्याएको हो। सरकारले आर्थिक सुधार, विकास निर्माण, रोजगारी विस्तार तथा लगानी प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखेर बजेट तयार गरेको छ।

संसद्मा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट बजेट स्वीकृत गर्ने संवैधानिक अभ्यासअनुसार आजको बैठकलाई महत्वपूर्ण मानिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)