काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेट २१ ख्र्ब २४ अर्ब ३४ करोड विनियोजन गरेको छ।
विनियोजित रकममध्ये पुँजीगततर्फ ४ खर्ब ३१ र चालूतर्फ १२७० अर्ब विनियोजन गरिएको छ। वित्तीय व्यवस्थातर्फ ४२२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आव २०८३/८४ को आयव्यय संसदका दुवै सदनमा प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्।
बजेटमा राजस्व असुली लक्ष्य १४ खर्ब राखिएको छ भने वैदेशिक सहायता ६१ अर्ब, वैदेशिक ऋण २४७ अर्ब र आन्तरिक ऋण ४१० अर्ब उठाउने लक्ष्य सरकारले लिएको छ।
सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल हुने अनुमान गरेको छ ।
शुक्रवार आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले बजेट कार्यान्वयनका लागि सघाउ पु¥याउने गरी मौद्रिक नीति जारी हुने पनि बताए ।
अर्थमन्त्री वाग्लेले भने,‘आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने तथा मूल्य अभिवृद्धिदर ६ प्रतिशत भित्र सिमित रहने विश्वास लिएको छु । बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रम कार्यान्वयनमा सघाउन पुग्ने गरी नेपाल राष्ट्र बैकबाट मौदिक नीति जारी हुनेछ ।’
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षमा मूल्य अभिवृद्धिकर ६ प्रतिशतमा सीमित राख्ने पनि बताए।
बजेट मुख्य बुदाँहरु
१. आयकर छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि १० लाख रुपैयाँ कायम गरिएको छ।
२. व्यक्तिगत आयकरको अधिकतम दर १० प्रतिशत विन्दुले घटाइएको छ।
११. लामो समयदेखि सिर्जित कर विवादहरू समाधान गर्न कर छुट र सहुलियतको विशेष योजना ल्याइएको छ।
१२. वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुल्ला विश्वविद्यालय मार्फत अध्ययनको व्यवस्था गरिने ।
१३.छापा तथा अनलाइन तर्फ लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रुपैंया विनियोजन ।
१४.गोरखकाली रबरसहित ७ सार्वजनिक संस्थानलाई पीपीपी मोडलमा सञ्चालन गरिने ।
१५.बैंकको खराब कर्जा व्यवस्थापन गर्न पुसभित्रै सम्पत्ति व्यवस्थापन कम्पनी खोल्ने ।
१६.बालबालिकामा हुने क्यान्सरको सरकारी अस्पतालमा निशुल्क उपचार गरिने।
१७.अस्पतालहरूमा चौबिसै घण्टा सेवा दिने नर्सिङ कर्मचारीहरूको रात्रीकालीन भत्तालाई दोब्बर बनाउने।
१८.३ वर्षभित्र ८ हजार दर्शक क्षमताका १० रंगशालालाई फ्लड लाइटसहित स्तरोन्नति गरिने ।
१९.११ तहमा रहेको भन्सार दरलाई ७ तहमा सीमित। २७३ वस्तुको भन्सार दर घटाइयो, ३६० वस्तुको अन्तःशुल्क खारेज ।
२० . रासायनिक मल खरिदको लागि ३२ अर्ब विनियोजन ।
२१. एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य ।
२२.मुलुकलाई ‘आरोग्य पर्यटन’ को गन्तव्यका रुपमा अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने ।
२३.लगानी प्रवर्द्धनका लागि ‘लगानी एक्सप्रेस’ अवधारणा कार्यान्वयन गरिने।
२४. आगामी तीन महिनाभित्र ‘सिङ्गल रुट प्रणाली’ लागू गरिने।
२५. कम्पनी दर्ता, कर, श्रम, भिसा आवेदनलगायत सेवा एकीकृत गरी लगानीकर्तालाई सहज सेवा प्रदान गरिने।
२६.संचार माध्यमलाई दिदैं आईएको लोक कल्याणकारी विज्ञापनको लागि ३३ करोड बिनियोजन ।
२७.आगामी साउन महिनादेखि नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने ।
२८.सरकारी कर्मचारीको तलब भत्तामा २१% वृद्धि।
