बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ १७, २०८३
  • 104
    SHARES

काठमाडौँ –  एक घण्टा ढिला गरी सुरु भएको राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित भएको छ । शुक्रबार दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस भएपछि आज संसद् बैठक बसेको हो ।

आजको राष्ट्रियसभा बैठमा प्रधानमन्त्री तथा गृहमन्त्री वलेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको छ ।

यसैगरी, प्रधानमन्त्री शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ । साथै उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव समेत आजको बैठकको कार्यसूचीमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)